Logo

खुल्यो सुपारी, केराउ र मरिचको आयात, औद्योगिक प्रयोजनका लागि आयात गर्न पाईने

खुल्यो सुपारी, केराउ र मरिचको आयात, औद्योगिक प्रयोजनका लागि आयात गर्न पाईने



काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकासित गर्दै उद्योगीले मात्रै आयात गर्न पाउने गरी यी वस्तुको आयात खुला गरेको हो । यस्ता वस्तुहरु आयात गर्दा उद्योग विभागको सिफारिस भने आवश्यक पर्नेछ ।

सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो । नेपालमा आयात गरिएका यी वस्तु भारततर्फ निर्यात हुन थालेपछि सरकारले रोक लगाएको थियो । तर, यस्तो वस्तुको आयात खुलाउनु पर्ने भन्दै उद्योगी व्यवसायीले माग गर्दै आएका थिए ।

राजपत्रमा प्रकाशित गरिएको सूचना अनुसार औद्योगिक प्रयोजनका लागि प्रयोजनका लागि मात्रै यस्ता वस्तुहरुको आयात गर्न पाईने भएको हो । यसअघि विभिन्न देशबाट आयात गरिएका यस्ता वस्तुहरु शुन्य भन्सारको फाईदा उठाउँदै भारत चोरी निकासी हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL