Logo

नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा ढुवानी भाडा बढाउन माग, विभागका महानिर्देशकलाई ज्ञानपत्र

नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा ढुवानी भाडा बढाउन माग, विभागका महानिर्देशकलाई ज्ञानपत्र



काठमाडौं । नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएको छ ।

ज्ञानपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेषगरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरततर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमाक्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् ।

विभागका महानिर्देशक घिमिरेलाई महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले आज ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा महासङ्घका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरे ।

उनले भने, “छोटो अवधिमा पेट्रोलियम पदार्थको पटक–पटकको मूल्यवृद्धि भएको छ । यसबाट ढुवानीमा समस्या हुँदै आएको छ । मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ ।” उनले भारतमा निश्चित समयसम्म सञ्चालन भई थोत्रिएका ट्रक नेपाली सीमाक्षेत्रमा ल्याइ सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्