काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले ले घटेर १ लाख २ हजारमा पुगेको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला १ लाख ५ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९ सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।