काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिश गरेको छ ।
मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिश गरेको हो ।
रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो ।
उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिश गरिएको मन्त्रालयले जनाएको छ ।