Logo

शिवमको सचेतनात्मक गोष्ठि सम्पन्न, मिस्त्रीलाई दुर्घटना बीमाको सुविधा

शिवमको सचेतनात्मक गोष्ठि सम्पन्न, मिस्त्रीलाई दुर्घटना बीमाको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिवम् सिमेन्ट प्रालिले मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका सम्बन्धी सचेतनामुलक कार्यशाला गोष्ठी गरेको छ । कम्पनीले पहिलो चरणमा काठमाडौंको कंलकीमा यसप्रकराको गोष्ठि आयोजना गरेको हो ।

त्यस्तै दोस्रो चरणमा भक्तपुरको लोकन्थलीमा कार्यशाला गर्न लागेको बताइएको छ ।

भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने तरिका र प्रविधिबारे जानकारी दिन कार्यक्रम गरिएको कमपनीले जानकारी दिएको छ । गोष्ठिमा निर्माण मजदुरलाई बलियो संरचना निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री छान्ने तरिका सिकाइएको छ ।

कार्यक्रममा सहभागी मेशन, मिस्त्री र कालीगढहरुलाई शिवमले २ लाख बराबरको दुर्घटना बीमा पनि गराएको छ ।

काम गर्ने सिलसिलामा कामदारलाई चोटपटक लाग्ने, अंगभंग हुने तथा ज्यान जानसक्ने सम्भावना भएकाले बीमा सेवा दिनु स्वागतयोग्य भएको सहभागीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL