काठमाडौं । अल्पेन क्लबले इन्स्ताग्रामबाट सार्वजनिक गरेका १० तस्बिरमा नेपालको रारा ताल परेको छ ।
सोमबार सार्वजनिक भएका १० तस्बिमध्ये सुनिल शर्माले खिचेको नेपालको रारा तालमा सूर्योदयको फोटो पनि परेको हो । शर्मा नेपाल पर्यटन बोर्डमा कार्यरत छन् ।
अल्पेइन क्लाइम्बले हरेक महिना इन्स्टाग्राममा रहेको उत्कृष्ट फोटो यसरी नै सार्वजनिक गर्दै आएको छ ।