Logo

जनरल इन्स्योरेन्सको अर्धबार्षिक मार्केटिङ कन्फेरेन्स सम्पन्न, उत्कृष्ट कर्मचारीलाई सम्मान

जनरल इन्स्योरेन्सको अर्धबार्षिक मार्केटिङ कन्फेरेन्स सम्पन्न, उत्कृष्ट कर्मचारीलाई सम्मान



काठमाडौं । जनरल इन्स्योरेन्सले आफ्नो अर्धबार्षिक मार्केटिङ कन्फेरेन्स आयोजना गरेको छ । कम्पनीले फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडामा देशभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुसहितको कन्फेरेनस सम्पन्न गरेको हो ।

कार्यक्रममा शाखा कार्यलयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजना हरु पनि छलफल गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गरेको उक्त कार्यक्रममा संचालक ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रम मा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान सहित ताम्रपत्र प्रदान गरिएको छ । संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यलयहरुको समिक्षा सकेसम्म त्रैमाशिक अवधिमा कार्य समिक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुने बिषयमा जोड दिए । बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्त चित्त भई कम्पनीको योजना र उद्धेश्यमा अघि बढ्नको लागि उनले हौसला प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्