काठमाडौं । सोमबार राती निधन भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
कोइरालाको बुधबार दिउँसो २ बजे काठमाडौंको दशरथ रंगशालाबाट शवयात्रा गरिने छ । कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागेको हो । शवयात्राको रुट दशरथ रंगशालाबाट थापाथली, रामशाहपथ, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै आर्यघाटसम्म पुग्ने छ ।
त्यस्तै कोइरालाको दाहसंस्कार परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने भएको छ । नेपाली कांग्रेसले कोइरालाको दाहसंस्कार हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गर्ने निर्णय गरेको थियो ।