Logo

सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोड्न सक्ने, प्रतितोला १ लाख १ हजार ९०० पुग्यो

सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोड्न सक्ने, प्रतितोला १ लाख १ हजार ९०० पुग्यो



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्दै १ लाख क्रस गरेको हो ।

अघिल्लो बर्ष प्रतितोला १ लाख ३ हजार रुपैयाँ बढी पुगेको सुनको मूल्यले यसपल्ट पनि सोही उचाई चुम्न सक्ने व्यवासायीहरु बताउँछन् ।

पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर नै पेट्रोलियम, सुनचाँदीलगायतको मूल्य बढिरहेको छ । जसको असर नेपालको सुनचाँदी बजारमा पनि परेको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

आज बजारमा चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य गत शुक्रबारको तुलनामा ३५ रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस्