Logo

बुधवार सार्वजनिक विदा, कोइरालाको अन्त्येष्टि राजकिय सम्मानका साथ गरिने

बुधवार सार्वजनिक विदा, कोइरालाको अन्त्येष्टि राजकिय सम्मानका साथ गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको आकश्मिक बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले शोक प्रस्ताव पारित गर्दै कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले मंगलबारदेखि बिहीबारसम्म सबै सरकारी कार्यलय, विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले जानकारी दिए ।

बिहीबारदेखि विदेशस्थित कुटनीतिक नियोगमा शोक पुस्तिका राख्ने सरकारले निर्णय गरेको हो । त्यसैगरी कांग्रेस केन्द्रीय समितिको आकश्मिक बैठकले स्वर्गीय कोइरालाको बुधबार अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL