Logo

सातौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन २७ देखि हुँदै, १५० भन्दा बढी स्टल रहने

सातौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन २७ देखि हुँदै, १५० भन्दा बढी स्टल रहने



काठमाडौं । सातौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय एक्सपो–२०२२ फागुन २७ गते देखि २९ गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स र फियुचरेक्स ट्रेडको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याति प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहन्छ ।

निर्माण कम्पनी, डिलर, सव–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने उद्वेश्यले यो प्रदर्शनी गर्न लागिएको आयोजकले बताएको छ ।

तीन दिनसम्म संचालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनले आर्थिक कारोबार बढ्ने र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL