Logo

युक्रेन संकटमा फसेका नेपालीलाई देश फर्काउन भारतले सहयोग गर्ने, आजैदेखि उद्धार सुरु

युक्रेन संकटमा फसेका नेपालीलाई देश फर्काउन भारतले सहयोग गर्ने, आजैदेखि उद्धार सुरु



काठमाडौं । भारतले युक्रेनमा रहेका नेपालीहरुको पनि उद्धार गर्ने भएको छ । नेपालले आफ्ना नागरिकको उद्धारका लागि भारतलाई सहयोगको आग्रह गरेसँगै भारले सकारात्मक जवाफ दिएको जनाइएको छ । भारतले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ ।

अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा हजारौं भारतीय नागरिक विमानबाट फर्काइने क्रम चलिरहेको छ ।

जी न्यूजका अनुसार आज उद्धार गरी ल्याइने भारतीयसँगै नेपाली नागरिक पनि ल्याइनेछन् । आज केही नेपालीहरु उद्धार गरी नयाँ दिल्ली ल्याइने जी न्यूजले उल्लेख गरेको छ ।

युक्रेनमा २ सय भन्दा बढी नेपाली रहेको तथ्यांक प्राप्त भएको छ । उनीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयल पहल गरिरहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL