Logo

सुनको मूल्य तोलाको लाख नजिक, एकैदिन तोलामा १९ सयले बढ्यो

सुनको मूल्य तोलाको लाख नजिक, एकैदिन तोलामा १९ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सयले बढेर तोलाको ९९ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैंयाँले बढेर तोलाको १३७५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL