Logo

सीमा नाकामा बन्दहड्ताल नगर्ने मधेसी मोर्चाको औपचारिक निर्णय

सीमा नाकामा बन्दहड्ताल नगर्ने मधेसी मोर्चाको औपचारिक निर्णय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमा नाकाबन्दी तथा सीमानाकामा धर्ना नदिने निर्णय गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगको सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको हो । तर, लाठी जुलुस प्रदर्शन लगयायतका दबावमुलक कार्यक्रम भने घोषणा गरेको छ ।

सीमांकन हेरफेर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतको माग राख्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाले यस अघि घोषणा गरेको सरकारलाई राजस्व नतिर्ने, राजमार्ग बन्द गर्ने र सीमा नाकामा धर्ना दिनेलायतका कार्यक्रम स्थगित गरेको हो ।

मधेसी मोर्चाको लामो छलफल पछि विज्ञप्ति जारी गरी दबावमुलक आन्दोलनका कार्यक्रमहरु भने सार्वजनिक गरेको छ । मधेसी मोर्चाले फागुन ५ गते तराई मधेसका जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्ने र ७ गते विरोधसभा गरेर आफ्नो ११ बुँदे मागबारे हस्ताक्षर संकलन गरेर जनमत बुझ्ने निर्णर्य गरेको छ ।

मोर्चाले असोज ७ गतेदेखि नेपाल भारतका सीमा नाकाहरुमा धर्ना दिँदै आएको थियो । केही समय अघि देखि अन्य नाका खुलेपनि शुक्रबारदेखि मात्र विरगञ्ज नाका खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL