Logo

ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन

ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन



काठमाडौ । अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभा बैठकबाट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव संसदमा पेश गरेको सो प्रस्ताव ब्याख्यात्मक घोषणासहित पास भएकोृ हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरिरहेकै बेला संसदबाट उक्त प्रस्ताव पारित भएको थियो । सत्तारुढ दलका केही सांसदले बहिस्कार गरेका थिए ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL