Logo

ताप्लेजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण थापा, चुनियो २१ सदस्यीय कार्यसमिति

ताप्लेजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण थापा, चुनियो २१ सदस्यीय कार्यसमिति



काठमाडौं । ताप्लेजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण थापा चयन भएका छन् । संघको सम्पन्न वार्षिक साधारण सभाले थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एबं संघका अध्यक्ष तारानाथ घिमिरेको सभापतित्वमा सम्पन्न साधारणसभाले २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जस अनुसार संघको वरिष्ठ उपाध्यक्ष दावा शेर्पा, प्रथम उपाध्यक्ष गणेश श्रेष्ठ, द्धितिय उपाध्यक्ष शोभित श्रेष्ठ, तृतिय उपाध्यक्ष दुर्गा पौडेल, महासचिव कमल लिम्बु, कोषाध्यक्ष विकास गौतम र सचिव खेम केसी सर्वसम्मत चययन भएका हुन् ।
यसैगरी सदस्यहरुमा भद्रबीर रेग्मी, दिनेश खवास, मिना बराल, तेज भट्टराई, रुपक घिमिरे, विशाल गुरुङ, हिमान्चल तिम्सिना, विकास हाङगाङ, दुर्गा पालुङ्गा, युवराज महतारा, गायत्री भण्डारी, लोचन भण्डारी, र पुन्य आचार्य चयन भएका छन् ।

सो कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघको प्रदेश १ का उध्यक्ष टिकाराज ढकाल, उपाध्यक्ष राजेन्द्र राउत, महासंघ केन्द्रिय उमेश डालमिया, प्रदेश १ का अन्य जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL