Logo

बूढीगण्डकी आयोजना निर्माणको काम पून सूचारु,अधिग्रहण गर्ने जग्गाको क्षेत्रफल लिइदै

बूढीगण्डकी आयोजना निर्माणको काम पून सूचारु,अधिग्रहण गर्ने जग्गाको क्षेत्रफल लिइदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । १२ सय मेगाावाटको क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका काम पूनःसूचारु भएको छ । भुकम्प तथा नाकाबन्दीले रोकिएको आयोजना निर्माणको काम नाकाबन्दी खुलेसँगै तिव्र रुपमा अघि बढेको आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

हाल आयोजनाले डुवानमा पार्ने जग्गा अधिग्रहणका लागि क्षेत्रफल निकाल्ने काम भइरहेको आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । ‘अहिले गोरखा र धादिङ जिल्लाका डुवानमा पर्ने स्थानहरुको क्षेत्रफल निकाल्ने काम भइरहेको छ,’ उनले भने ‘त्यसलगतै जग्गा अधिग्रहणको काम सुरु गर्ने छौं ।’

जग्गा अधिग्रहण पश्चात चालु आवबाटै आयोजना निर्माण कार्य शुरु गरिने बताइएको छ । ‘सरकारको स्वीकृतिमा जग्गा अधिग्रहण पश्चात निर्माणको कार्य शुरु गर्ने छौं’ उनले भने । आयोजना निर्माणका लागि कस्तो मोडल तथा कहिले र कसरी बनाउनेलगायतको स्वीकृति सरकारले आयोजना विकास बोर्डलाई दिनुपर्नेछ ।

हाल आयोजनाको वातावरणिय प्रभाव मूल्यांकनलागतय रिपोर्ट आइसकेको बताइएको छ । कम्पनीले सो आयोजनाबाट विस्थापित हुनेलाई प्राथमिकता राखि गरी गोरखाको सिउरेनीटारमा नयाँ सहर बनाउन सकिने सकिने सम्भावना आँैल्याएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL