Logo

एकैदिन भित्रियो १५ सय मालवाहक ट्रक, इन्धन बोकेका १४५ छिरे

एकैदिन भित्रियो १५ सय मालवाहक ट्रक, इन्धन बोकेका १४५ छिरे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतले नाकाबन्दी खुला गरेको पहिलो दिन आइतबार १ हजार ५ सयभन्दा बढी मालवाहक सवारीसाधन नेपाली भित्रिएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य १० नाकाबाट मात्रै १ हजार ३ सयभन्दा बढी मालवाह सवारी भित्रिएको भन्सार विभागका महानिर्देशक शिसिरकुमार ढुङ्गानाले जानकारी दिए । ‘सीमा नाकाबाट सहज रुपमा सवारीसाधन भित्रन थालेका छन्,’ उनले भने, ‘हिजो सवै नाकाबाट गरी १ हजार ५ सयभन्दा बढी मालवाहक सवारीसाधन भित्रिए ।’

आइतबार इन्धन बोकेका मात्र १ सय ४५ वटा सवारीसाधन नेपाल प्रवेश गरेका छन् । जसमध्ये ७१ वटा डिजेल, २६ वटा पेट्रोल र २८ वटा ग्याँसको बुलेट नेपाल प्रवेश गरेको ढुङ्गानाले जानकारी दिए । तर, विरगञ्ज नाकाबाट भने इन्धन बोकेका सवारीसाधन खासै नभित्रिएको भन्सारले जानकारी दिएको छ । हाल सवै नाका सहज भएको र आगामी दिनमा इन्धन बोकेका सवारीसाधन पनि भित्रने क्रम बढ्ने ढुङ्गानाले जानकारी दिए ।

भारतले सीमानाका खुला गरेपनि इण्डियन आयल कर्पोरेशनले पेट्रोल तथा ग्याँसको लोडिङ बढाएको थिएन । तर, हिजो मात्रै नेपाल आयल निगमले रक्सौल नाकाबाट इन्धन पढाउन आईओसीलाई पत्राचार गरेकाले आगामी दिनमा सो क्रम बढ्ने विश्वास लिएको छ । यता निगमले पनि मंगलबारबाट आईओसीले लोडिङ बढाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL