Logo

कोभिडले रोकिएको फ्री ओपिडी पुनः सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने

कोभिडले रोकिएको फ्री ओपिडी पुनः सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने



काठमाडौं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान शनिवार देखि पुनः सुरु हुने भएको छ । कोभिडको तेश्रो लहरको प्रभाव न्यून भएसँगै नर्भिकले प्रत्येक शनिवारको फ्री ओपिडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो ।


अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको थियो । उक्त अभियान कोभिडको तेस्रो लहर सुरु भएपछि केही साता बन्द भएको अस्पतालले जानकारी दिएको छ ।


सेवा पुनः सुचारु गर्ने निर्णयअनुसार शनिवार देखि उक्त अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्राडा रविन जोशी, डा इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिने अस्पतालले जानकारी दिएको छ । पुनः सुरु हुन गईरहेको निःशुल्क ओपिडी सेवा संचालन हुने समय समेत परिवर्तन भएको छ । पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा संचालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन हुने बताईएको छ ।


मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्ने अस्पताले जानकारी दिएको छ । यसका साथै निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This