Logo

सवारीभाडा साढे १ देखि साढे ३ प्रतिशतसम्म घट्यो, सोमबारदेखि लागू

सवारीभाडा साढे १ देखि साढे ३ प्रतिशतसम्म घट्यो, सोमबारदेखि लागू


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनको भाडादर घटाएको छ । सोमबार देखि लागू हुनेगरी भाडादर घटाइएको विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

विभागले सवारी साधनको भाडादर १ दशमलव ६३ प्रतिशतदेखि ३ दशमलव २४ प्रतितसम्म घटाएको छ । आज भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको नियर्ण अनुसार घटाइएको हो ।

जसअनुसार सवैभन्दा बढी तराइ क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनमा ३ दशमलव २४ प्रतिशतले भाडा घटाइएको छ । यसैगरी, पहाडतर्फ चल्ने सवारीसाधनमा भने ३ दशमलव १० प्रतिशतले भाडा घटाइएको छ ।

विभागले यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भने २ दशमलव २२ प्रतिशतले भाडा घटाएको छ । यता ट्याक्सीमा भने १ दशमलव ६३ प्रतिशतले भाडा घटाइएको छ ।
काठमाडौंमा चल्ने सवारीसाधनमा भने पुरानै भाडादर कायम गरेको छ । जस अनुसार न्युनतम १३ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म निर्धारण गरेको छ ।

काठमाडौंको भाडादर 

yatat-bhada

प्रतिक्रिया दिनुहोस्
MBL