Logo

लगानीकोष र बीमा कम्पनीबीच सम्झौता,पेन्सन वितरण कार्य सरल हुने

लगानीकोष र बीमा कम्पनीबीच सम्झौता,पेन्सन वितरण कार्य सरल हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच उपदान\निवृतिभरण कोष योजना संचालन सम्बन्धी सम्झौता भएको छ ।

आइतवार एक कार्यक्रमवीच कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले सो सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बीमा कम्पनीका निवृतीभरक कर्मचारीहरुको लागि पेन्सन, वितरण गर्ने कार्यलाई सहज र सरल बनाउन तथा कम्पनीका सेवा निवृत कर्मचारीहरुलाई निवृतीभरण बापतको रकम भुक्तानीको सुनिश्चितता प्रदान गर्न सम्झौताले सहयोग पु¥याउने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

सम्झौताको अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशिल अर्याल, उपब्यवस्थापकद्वय छविरमण अधिकारी र शोभा श्रेष्ठ, उपदान कोष योजना साखाका प्रमुख दिपेन्द्र सिंह अधिकारी तथा वीमा कम्पनीको तर्फबाट मुख्य व्यवस्थापक दामोदर सापकोटाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL