Logo

मदिरा कारोबारी अग्रवाल पक्राउ परेसँगै बैंकहरु एक्सनमा : १६ दिनभित्रै गाडी, रक्सी र घरजग्गा लिलामको लागि एभरेष्ट बैंकले निकाल्यो सूचना

मदिरा कारोबारी अग्रवाल पक्राउ परेसँगै बैंकहरु एक्सनमा : १६ दिनभित्रै गाडी, रक्सी र घरजग्गा लिलामको लागि एभरेष्ट बैंकले निकाल्यो सूचना



काठमाडौं । बैंकहरुले मदिरा कारोबारी अमित अग्रवाल, अभिषेक अग्रवाल र उनको परिवारकोको नाममा रहेका सम्पति लिलाम गर्ने भएका छन् । एभरेष्ट बैंकले अग्रवालले कर्जा लिँदा धितोको रुपमा राखेको समपत्ति लिलामीका लागि सूचना प्रकाशित गरेको छ ।

यसअघि बैंक र मिटर ब्याजीले समस्यामा पारेको भन्दै नेपालबाट भागेका अग्रवाल परिवारका अमित अग्रवालले आफुहरु कोरोनाका कारण समस्यामा परेको भन्दै नेपाल फर्किएर पत्रकार सम्मेलन गर्दै सबै बैंकहरुको कर्जा तिर्ने बताएका थिए । सोहीअनुरुप नेपाल आएका अग्रवाल आफुले कर्जा चलाएका बैंकहरुसँग समन्वय गरी कर्जा तिर्ने प्रतिबद्धता जनाएका थिए भने बैंकहरुले पनि सहमतिमै अग्रवालको मदिरा पसल र गोदाममा गरिएको सिल खुला गरिदिएको थियो ।

तर, नेपाल फर्किएर बैंकलाई मिलाएपनि व्यक्तिसँग मिटर ब्याजमा लिएको पैसा तिर्न नसक्दा चेक वाउन्सको कसुरमा पक्राउ परेसँगै बैंकहरुले पुनः कर्जा असुली प्रक्रिया अघि बढाएका हुन् । अग्रवाल परिवार भागेसँगै एभरेष्ट बैंकले पुस २९ गते ३५ दिने सूचना प्रकाशित गर्दै ऋणी र जमानत दिने व्यक्तिलाई कर्जा चुक्ता गर्न सूचना प्रकासित गरेको थियो । त्यतिवेला बैंकले ग्रीनलाइन सेन्टर, अमि अभि स्टोर, उषा अग्रवालको नाममा कर्जा चुक्ता गर्न सूचना प्रकाशित गरेको थियो ।

त,र नेपाल आएर कर्जा चुक्ता गर्ने प्रतिवद्धता जनाएका अमित अग्रवालनै चेक बाउन्सको कसुलमा प्रहरीले पक्राउ गरेपछि एभरेष्ट बैंकले पुनः १६ दिने सूचना प्रकाशित गर्दै धितो लिलाम गर्न लागेको हो । बैंकले प्रकाशित गरेको सूचना अनुसार अभिषेक अग्रवालको नाममा रहेको १७७ वर्ग किमी जग्गा सहितको घर, उषा अग्रवालको नाममा ज्ञानेश्वरमै १२ आना जग्गामा रहेको पक्की घर, सुरज अपार्टमेन्टमा रहेको ३ ओटा फ्ल्याट, कालिमाटीस्थित एलायन्स डिष्ट्रीब्युटर्स प्रालिको गोदाममा रहेको सम्पूर्ण मदिरा र दुईओटा गाडी लिलाम हुने भएको छ ।

नेपालमा मदिरा कारोबारको साम्राज्य भएका अग्रवालले अमिअभि ट्रेडिङ, अलायन्स डिस्ट्रिब्युटर्स, ग्रीनलाइन, ग्रीनलाईन टुलगायतका कम्पनी खोलेर मदिरा आयात तथा विक्री गर्दै आएका थिए । उनीहरुले एभरेष्टसहित ४ ओटा बैंकबाट ८० करोडभन्दा बढी कर्जा लिएका थिए । तर अहिले उक्त कर्जा बढेर १ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । उनीहरुले एभरेष्ट बैंकबाट २२ करोड रुपैयाँ कर्जा लिएका थिए भने इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र ग्लोबल आईएमई बैंकबाट पनि ठूलो मात्रामा कर्जा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL