Logo

९७ हजारको उचाईबाट ओर्लियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

९७ हजारको उचाईबाट ओर्लियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्यले प्रतितोला ९७ हजारको उचाई छोएकोमा बुधबार भने सुनको मूल्य केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले घटेर तोलाको ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको ९६ हजारमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैंयाँले बढेर तोलाको १३२० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL