काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढ्दा प्रतिोला ९७ हजार रुपैयाँ पुगेको हो ।
यो पछिल्लो १५ महिनायताकै उच्च हो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य मंगलबार बढेर प्रतितोला १३ सय १५ रुपैयाँ पुगेको हो ।