Logo

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ, बैंकलाई मिलाउँदा परे मिटर ब्याजीको फन्दामा

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ, बैंकलाई मिलाउँदा परे मिटर ब्याजीको फन्दामा



काठमाडौं । ग्रीनलाईनका संचालक अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवाललाई शुक्रबार नै पक्राउ गरिएको र हाल अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । अग्रवाललाई हाल अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मदिरा कारोबारी अग्रवाल आजभन्दा करिव डेढ महिना अघि बैंक तथा सहकारीको ऋण तिर्न नसरी भागेको भन्दै उनलाई ऋण दिएका बैंकहरुले उनका आउटलेटहरु ताला लगाउनुका साथै उनको घर तथा जग्गामा सुचना टाँस गरेका थिए । तर, आफुहरु भागेको नभई कोरोनाका कारण विरामी हुँदा सम्पर्कविहिन भएको भन्दै करिब २ साता अघि नेपाल आएर पत्रकार सम्मेलन नै गरेका थिए ।

तीन दशकदेखि नेपालमा मदिरा कारोबार गर्दै आएका अग्रवालले पत्रकार सम्मेलन गर्दै बैंक तथा मिटरब्याजीको प्रेसर र ठूलो दबाबमा कारण अहिले समस्यामा परेको जानकारी दिएका थिए । त्यसयता उनले आफ्नो जायजेथा बिक्री गरेरै भएपनि बैंकहरुको पैसा तिर्ने प्रतिवद्धता जनाएपछि ग्रीनलाईनलगायत उनको स्टोरहरुमा लगाएको ताला बैंकले खोलिदिएको थियो ।

तर, पछिल्लो समय मिटरब्याजीहरुको बैंकिङ ठगीको आधारमा उजुरी दिएपछि शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले पत्रकार सम्मेलनमार्फत कोरोना कारण समस्यामा परेको र मिटर ब्याजीले अझै बढी समस्यामा पारेको बताएका थिए ।

पछिल्लो समय उनले बैंक लिएको ऋण मिलाएर मदिरा पसल खोल्ने तयारी गरेपनि मिटर ब्याजीको दबाबका कारण प्रहरीले पक्राउ गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL