काठमाडौं । नेपाल आयल निगमले सोमबार ४६ लटभन्दा माथीका मोटरसाइकलाई पेट्रोल दिने भएको छ । निगमले ४६ देखि ६० लटसम्मका मोटरसाइकलाई पेट्रोल दिन लागेको जानकारी दिएको छ ।
निगमका अनुसा काठमाडौं उपत्यका र काभ्रेका केही पम्पबाट मात्र पेट्रोल वितरण गरिने भएको छ । सो दिन विभिन्न ४४ वटा पम्पबाट पेट्रोल वितरण गरिने समेत निगमले जानकारी दिएको छ ।
पेट्रोल भर्नका लागि सवारीसाधनको ब्लुबुक भने अनिवार्य रुपमा नविकरण भएको हुनुपर्ने छ । निगमले सवै पेट्रोल पम्पलाई विहान ९ बजेदेखि नै वितरण गर्न निर्देशन दिएको छ भने प्रति मोटरसाइकल ५ लिटरका दरले वितरण गरिने छ ।