काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो समय लगातार उच्च अंकले उकालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि बढ्दै प्रतितोला ९६ हजार ५ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार १ सयमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेको हो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले वृद्धि भएर १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ ।