Logo

पूर्वाधार कम्पनीको बचाउ गर्दै महासंघ, भन्छ – अध्यक्षलाई राजिनामा दिन बाध्य पारियो

पूर्वाधार कम्पनीको बचाउ गर्दै महासंघ, भन्छ – अध्यक्षलाई राजिनामा दिन बाध्य पारियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघले नेपाल पूर्वाधार विकास कम्पनीको कर्पोरेट अफिसमा गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण गरेको छ ।

अफिसको दैनिक कार्य संचालनमा वाधा व्यवधान पु¥याउने, कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने, जवरजस्ती कार्यालय बन्द गराउनेजस्त कार्यमा महासंघको ध्यानाकर्षण भएको हो । त्यस्तै संचालक समितिका अध्यक्षलाई समेत जवरजस्ती राजीनामा दिन बाध्य पार्न उनको घरपरिवारका सदस्यमाथि दवाव दिने जस्ता घटनाको भत्र्सना समेत गरेको छ । महासंघले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गरेको हो । ‘यस्ता कार्यहरु अराजक गतिविधि वाहेक अरु केही होइनन भन्ने महासंघको वुझाई छ ’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक निजी साझेदारीको मोडलमा पहिलो पटक निजी क्षेत्रले काठमाडौं–हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने भनि अगाडी बढाएको यो प्रोजेक्ट मुलुककै लागि नमूना परियोजना हो । ‘मुलुकभित्र लामो राजनीतिक अस्थिरता, नीतिगत निर्णयमा भएका ढिलाईलगायतले गर्दा निर्धारित समयमा परियोजना सुरु हुन नसकेकोमा यस महासंघ पनि दुःखी छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर परियोजनालाई अगाडी बढाउने कार्यमा कहिकतैबाट रोकावट हुनुहुदैन भन्नेमा महासंघको जोड छ ।’

मुलुकभित्र हरेक कुरामा अतिराजनीतिका कारण त्यसको प्रत्यक्ष शिकार यो कम्पनी समेत हुन पुगेको महासंघको ठहर छ । त्यस्तै आफूलाई चित्त नवुझेका कुराहरु वैधानिक विधिबाट पारित गराउने कम्पनीका विधिसम्मत प्रक्रिया हुंदाहुंदै कम्पनीका संचालक तथा यसमा कार्यरत कर्मचारीहरु माथि हुलहुज्जत गर्ने, जवरजस्ती कार्यालय बन्द गराउनेजस्त काम न्याय संगत नहुने बताइएको छ ।

साथै यस्तो व्यवहारबाट लगानीको वातावरण विग्रने बताएको छ । महासंघले पूर्वाधार विकासमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न, लगानीको सुरक्षाको प्रत्याभुति दिलाउन तथा अराजक गतिविधिहरुलाई निस्तेज गर्न जोडदार माग समेत गरेको छ ।

त्यस्तै कम्पनीको भौतिक सम्पत्ति तथा कर्मचारीहरुको सुरक्षा सहित कम्पनीलाई पूर्ववत रुपमानै निर्वाध संचालनको वातावरण बनाउन महासंघ नेपाल सरकार, सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL