Logo

सात महिनामा नवलपरासीबाट १२ अर्ब ३० करोड राजस्व संकलन

सात महिनामा नवलपरासीबाट १२ अर्ब ३० करोड राजस्व संकलन



नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो ।

सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जसमा १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

आयकरमा ३० करोड ७७ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट)मा १७ करोड २७ लाख ९० हजार, ब्याजमा ३ करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा ८२ लाख ५२ हजार राजस्व सङ्कलन भएको अर्यालले जानकारी दिए ।

कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL