Logo

सुनको मूल्यमा भारी गिरावट, एकदिन तोलामा १६ सय घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकदिन तोलामा १६ सय घट्यो



काठमाडौं । सुनको मुल्यमा बुधबार गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ ।

बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय रुपैँयाँ कायम भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलमा ३५ रुपैँयाले घटेको छ । मंलबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL