काठमाडौं । उद्योगपति लुनकरणदास चौधरीको निधन भएको छ । चौधरी ग्रूपमा संस्थापक लुनकरणदास चौधरीको बिहीबार दिउसो ९४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो सयमदेखि मुटु र सुगर रोगका विरामी थिए ।
चौधरीको जन्मा १९७९ सालमा काठमाडौंको मखन टोलमा भएको थियो । उनका तीन छोरा र एक छोरी छन् । उनका जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् ।
उनले बाबुको पाला देखिकै कपडा व्यवसायलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । विराटनगर जुट उद्योग स्थापना गरेका चौधरीले निर्माण कम्पनी पनि चलाएका थिए ।
उनले २०२२ सालमा मोर्डन होजियारी उद्योग कम्पनी स्थापना गरेका थिए । त्यसैगरी नेपाल स्पिनिङ बेभिङ एण्ड निटिङ, रत्न स्टेनलेस स्टिललगायतका उद्योग स्थापना गरेका थिए ।
हाल चौधरीका ३ वटै छोरा औद्योगिक क्षेत्रमा छन् । उनले स्थापना गरेको ग्रूप अन्तरगत हाल ४० भन्दा बढी औद्योगिक तथा व्यापारिक संस्थाहरु संचालनमा छन् ।