Logo

उर्जा क्षेत्र सुधारमा विश्व बैंकको साढे २ अर्व सहयोग, माथिल्लो अरुण र इखुवा खोला प्राथमिकतामा

उर्जा क्षेत्र सुधारमा विश्व बैंकको साढे २ अर्व सहयोग, माथिल्लो अरुण र इखुवा खोला प्राथमिकतामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व बैंकले नेपालको उर्जा क्षेत्र सुधार तथा दीगो जलवद्यिुत विकास आयोजनाका लागि २ अर्व ५१ करोड ऋण सहयोग गर्ने भएको छ । बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयका सह सचिव बैकुण्ठ अर्याल र विश्व बैंकको कन्ट्रि म्यानेजर ताकुया कामाताबीच सो सम्वन्धि सम्झौता पत्रमा हस्तक्षर भएको छ ।

विश्व बैंकले दिगो जलविद्युत विकास आयोजना तथा उर्जा क्षेत्रको सुधार कार्यन्वयनका लागि सो सहयोग गरेको बताएको छ । जसअनुसार विश्व बैंकको २० मिलियन अमेरिकी डलर र साउथ एसिया वाटर इनिसियटिभ मल्टि डोनर ट्रष्ट २ दशमलव ५मिलियन अमेरिकी डलर मिलियन सहयोग गर्ने भएको हो ।

 

DSC_0032विशेषगरी उर्जा क्षेत्रमा सहभागी एजेन्सिहरुको क्षमता बृद्धिका लागि रकम खर्च गरिने बताइएको छ । सो परियोजनामा अन्तर्गत जलविद्युत तथा ट्रान्समिसन लाइनमा लगानीको तयारी, नीतिगत सुझावका लागि अध्ययन तथा तयारी र सुरक्षित व्यवस्थापन तथा जलविद्युत विकासका लागि क्षेत्रगत सुधार र क्षमता अभृृबृद्धिलगायत समावेश गरिएको छ ।

जसमा माथिल्लो अरुण जलविद्युत आयोजना र इखुवाखोला जलविद्युत आयोजना प्राथमिकतामा परेका छन् । सो सहयोगको केही रकम अरुण तेस्रो को इन्जिनियरिङ डिजाइन र टेन्डर डकुमेन्ट, वातावरण तथा सामाजिक प्रभाववारे अध्ययनमा खर्च गरिने छ । त्यस्तै सभ्वाव्यता अध्ययन, वातावरणिय तथा समाजिक प्रभाव मूल्यांकन र ट्रान्समिसन लाइन परियोजनाको अध्ययनका लागि खर्च गरिने छ ।

त्यस्तै सो परियोजनाले दीगो जलवद्यिुत विकासका लागि एकिकृत जलस्रोत योजना तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । जल तथा उर्जा आयोग सचिवालयमार्फत दिगो जलविद्युत विकासका लागि एकिकृत जल स्रोत योजना लागु गरिने छ । परियोजना उर्जा मन्त्रालय, सचिवालय र नेपाल विद्युत प्राधिकरणले कार्यन्वयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL