काठमाडौं । सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ ।
आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो । यसैगरी,सोमबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण भएको छ ।
आइतबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।