काठमाडौं । नेपाल आयल निगमले शुक्रबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पेट्रोल वितरण गर्ने भएको छ । निगमले ३१ देखि ४५ लटका मोटरसाइकललाई पेट्रोल दिन लागेको हो ।
शुक्रबार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा ३१ देखि ४५ लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो ।
शुक्रबार काठमाडौंका ५१ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन् ।
सोमबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमको योजना छ । त्यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमको योजना छ ।
तेल भर्न जाने सवारीको ब्लुबुक अनिवार्य रुपमा नवीकरण भएको हुनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हुने आयल निगमको सूचनामा उल्लेख छ ।