Logo

प्राधिकरणको महानिर्देशकबाट क्षेत्रीलाई तत्काल अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

प्राधिकरणको महानिर्देशकबाट क्षेत्रीलाई तत्काल अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वाेच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नै नियुक्त गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अदालतले आईतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । साथै दुवै पक्षलाई छलफलका लागि बोलाउँदै फागुन ९ गतेका लागि अर्को पेशी तोकिएको छ। सरकारले प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेपछि पूरक निवेदन लिएर क्षेत्री सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL