Logo

अपरिपक्व लगानीकर्ताको जमात बढ्दा सेयर बजारमा क्रयास, अधिकांश परिसुचक ३ प्रतिशतमाथि घट्यो

अपरिपक्व लगानीकर्ताको जमात बढ्दा सेयर बजारमा क्रयास, अधिकांश परिसुचक ३ प्रतिशतमाथि घट्यो



काठमाडौं । सेयर बजारको सामान्य सिद्धान्त बजार बढ्दा प्रफिट बुक गर्दै बिक्री गर्ने घट्दा सस्तो मुल्यमा खरिद गर्ने हो । तर, नेपालको सेयर बजारमा लगानीकर्ताहरु ठीक त्यसको विपरित बढ्दा किन्ने र घट्दा बिक्री गर्ने जमात बढी देखिएको छ । सोही अनुरुप आईतबार सेयर बिक्री चाप उच्च हुदा आईतबार सेयर बजार क्रयासनै हुन पुगेको छ ।

बजार खुलेको ५ मिनेटमै ८० अंकले गिरावट आएको नेप्से परिसुचक अन्तमा १००.६७ अंकले घटेर बन्द हुन पुग्यो । पछिल्लो केही समययता उच्च उतारचढाबमा चलेको बजारमा आईतबार (आज) ठूलो अंकको गिरावट आएको छ । पछिल्लो समय अपरिपक्क लगानीकर्ता र सामाजिक संजालमा अनावश्यक हल्ला गर्ने लगानीकर्ताको भीड बढी हुँदा सेयर बजार बास्तविक भन्दा फरक ढंगबाट चल्न थालेको एक ठूला लगानीकर्ताले जानकारी दिए ।

‘अहिले सामाजिक संजालमा आफुले सेयर बिक्री गरेपनि बजार घट्छ र किनेपछि बजार बढ्छ भन्ने अल्पकालिन लगानीकर्ताहरुको जमात ठूलो छ,’ ती ठूला लगानीकर्ताले भने, ‘उनीहरुले सामाजिक संजालमार्फत दैनिक ठूलो अनावश्यक हल्ला गरिदिँदा पनि बजारले आफ्नो लय समात्न सकेको छैन ।’ साथै बजारमा दिर्घकालिनभन्दा पनि अल्पकालिन लगानीकर्ताहरु बढी रहेको र उनीहरुले आफुले खरिद गरेको सेयरको मुल्य बढ्ने वित्तिकै होल्ड गर्न नसकी बिक्री गरेर बाहिरिने क्रम बढेको समेत ती लगानीकर्ताले जानकारी दिए ।

आईतबार शुरुदेखि नै उच्च अंकले घटेको बजारमा सबै उपसमुहमा उच्च अंकको गिरावट आएको छ । जसमा धेरैजसो उपसमुहहरु ३ प्रतिशतभन्दा बढीले घट्दा पुगेको छ । आईबार क्र्यास भएको बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ५.४७ प्रतिशतले घट्न पुग्यो भने लगानी समुहमा ५ प्रतिशत र फाइनान्स समुहको परिसुचकमा ४.६५ प्रतिशतको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक २.३९ प्रतिशतले घट्दा उत्पादनमुलक समुह ४.६१ प्रतिशत, निर्जीवन बीमा ४.२७ प्रतिशत, विकास बैंक ४.२३, जीवन बीमा ३.९१ प्रतिशत, माईक्रो फाइनन्स र होटल समुहका ३.४९ र अतिरिक्त समुह ३.१७ प्रतिशतले घट्न पुगेको छ ।

उच्च अंकले घटेको बजारमा सेयर कारोबार भने करिव ६ अर्बको हुन पुगेको छ । जसमा २२७ कम्पनीको १ करोड १६ लाख कित्ता सेयर खरिदबिक्री भए । आईतबार उच्च अंकले घटेको बजारमा विभिन्न ५ ओटा कम्पनीका लगानीकर्ताले भने सामान्य रुपमा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL