Logo

कमल थापाको अध्यक्ष बन्ने मोह, राप्रपा नेपालको अध्यक्ष बनेर फेरि फर्किए राजनीतिमा

कमल थापाको अध्यक्ष बन्ने मोह, राप्रपा नेपालको अध्यक्ष बनेर फेरि फर्किए राजनीतिमा



काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि असन्तुष्ट रहँदै राप्रपाका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नामकै ब्राण्डमा अघि बढने भएका छन् ।

पछिल्लो समय पार्टि परित्याग गरेको घोषणापछि नेतृत्व मोहको आरोप लागेका थापाले निर्वाचन आयोगमा दर्ता रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी लिएर राप्रपा नेपाललाई सक्रिय बनाएका छन् ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएका छन् । आयोगले पत्र पनि दिएकाले आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा भएका छन् ।

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । कमल थापाले आगामी फागुन ७ गते राप्रपा नेपाल सक्रिय भएको आधिकारिक घोषणा गर्ने तयारी गरेको उनी निकट नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL