Logo

फागुन १ देखि १८ बर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने, ५ देखि ११ बर्षका बालबालिकालाई पनि लगाउने तयारी

फागुन १ देखि १८ बर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने, ५ देखि ११ बर्षका बालबालिकालाई पनि लगाउने तयारी



काठमाडौं । फागुन १ देखि १८ बर्ष पुगेका नागरिकले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्ने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘फागुन १ देखि १८ बर्ष पुगेका सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने बताएका हुन । नका अनुसार बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेका नागरिकलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ।

बुस्टर डोज सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गर्दै सञ्चालन गरिएको थियो । फागुन १ गते देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने मन्त्री खतिवडाले बताए ।

उक्त सेवा लिनका लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा मन्त्री खतिवडाले सोहि उमेर समुहका सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने बताए । यसका साथै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्ने यद्देश्य अनुरुप खोप उपब्धताको लागि पत्राचार भई सुनिश्चितता पनि भईसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL