Logo

सञ्चार नीतिको मस्यौदा बनाउन समिति गठन,सदस्यमा कार्की र विष्ट

सञ्चार नीतिको मस्यौदा बनाउन समिति गठन,सदस्यमा कार्की र विष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले सञ्चार नीतिको मस्यौदा बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले काशीराज दाहालको संयोजकत्वमा समिति गठन गरेको हो ।

सो समितिको सदस्यमा प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट छन् । समितिका अन्य सदस्यको नियुक्ती भने समावेशी सिद्धान्तलाई आत्मसात गरेर पछि गरिने सूचना तथा सञ्चार मन्त्री शेरधन राईका अनुसारछ ।

बैठकले समितिमा रहने अन्य सदस्यहरुको नियुक्ति गर्ने जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयलाई दिएको छ ।

समितिलाई अघिल्लो सरकारका पालामा तयार पारिएको नयाँ सञ्चार नीतिको मस्यौदा पुनरावलोकन गरी नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL