Logo

साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ८२ करोडको कारोबार

साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ८२ करोडको कारोबार



काठमाडौं । केही दिनयता निरन्तर ओरोलो लागेको सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा आइपुगेको छ ।

बिहीबार नेप्सेमा २२७ कम्पनीका ४९ हजार ५ कित्ता शेयर कारोबार भएको थियो । जसमा केवल ३ अर्ब ८२ करोड ९५ लाखभन्दा बढीको कारोबार भएको छ । यसअघि बुधबार ३ अर्ब ४७ करोडको कारोबार भएको थियो ।

त्यसैगरी आज कारोबारमा आएका म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक बाहेक सबै उपसूचकको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL