Logo

समयमा डेलिभरी नभएको सामानको क्षतिपूर्ती दिन नेवानीलाई निर्देशन,नयाँ समानको डिजिटल रेकर्डिङ राख्नुपर्ने

समयमा डेलिभरी नभएको सामानको क्षतिपूर्ती दिन नेवानीलाई निर्देशन,नयाँ समानको डिजिटल रेकर्डिङ राख्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई निश्चित समयमा डेलिभरी गर्न नसकेको सामानको क्षतिपूर्ति दिन सुझाव दिएको छ । अख्तियारले विमानस्थलको अनुगमन तथा निरिक्षण पश्चात यस्तो सुझाव दिएको हो ।

समयमा सामान डेलिभरी हुन नसक्दा यात्रु तथा व्यवसायीले दुःख पाएको भन्दै तोकिएकै समयमा सामान डेलिभरी गर्न अख्तियारको सुझाव छ । त्यस्तै अख्तियारले भण्डारमा रहेको डेलिभरी हुन नसकेको ब्यागेज र अन्य समानहरु दुई महिनाभित्र क्लियर गरिसक्न पनि निर्देशन दिएको छ ।

अख्तियारले नयाँ समानको डिजिटल रेकर्डिङ गरी वेभसाइट तथा मोबाइल एप बनाएर राख्न सुुझाव दिएको छ ।

त्यसैगरी व्यापारीक कार्गोका कारण यात्रुका व्यागेज छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लगाई छोडिएका ब्यागेजहरु यात्रुको ठेगनामा बुझाउने व्यवस्थापन गर्न पनि अख्तियारको निर्देशन छ ।

अख्तियारले अन्तरराष्ट्रिय अभ्यास अनुरुप न्यारो बडी विमानको समान १५ देखि ३५ मिनेटमा र वाइड बडीको २० देखि ४० मिनेटभित्र डेलिभरी गरिसक्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL