काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ । आज सुन प्रतितोला २ सयले बढेर ५१ हजार ७ सय पुगेको हो ।
मंगलवार सुन प्रतितोला ५१ हजार ५ सयमा कारोबार भएको थियो ।
बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भएको छ ।