Logo

कोरोनाका कारण ११ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा थपिए १ हजार ९५७ संक्रमित

कोरोनाका कारण ११ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा थपिए १ हजार ९५७ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याको संक्रमितको निधन भएको हो । यस्तै मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १२ हजार ६ सय ९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८४ र ४ हजार १ सय ५ जनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ७३ गरी १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्