Logo

सुनको मूल्य बढ्यो, प्रतितोला रु ९३ हजार १०० मा कारोबार हुँदै

सुनको मूल्य बढ्यो, प्रतितोला रु ९३ हजार १०० मा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । सुनको सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अघिल्लो दिन रु ९२ हजार १०० थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL