Logo

फागुन १ गतेदेखि विद्यालय खुल्ने, निजी सवारीसाधनको जोरविजोर हटाउन सिफारिस

फागुन १ गतेदेखि विद्यालय खुल्ने, निजी सवारीसाधनको जोरविजोर हटाउन सिफारिस



काठमाडौं । आगामी फागुन १ गतेदेखि देशभरका विद्यालय संचालन गर्न पाईने भएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसमा शिक्षा मन्त्रालयले विद्यालयहरु बन्द गरेको थियो । अब भने सीसीएमसीले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । यस्तै सीसीएमसीको आजै बसेको बैठकले काठमाडौं उपत्यकामा निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली सोमबारदेखि नै हटाउनसमेत सिफारिस गरेको छ । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको भन्दै तत्काल जोरबिजोर हटाउन सिफारिस गरेको सीसीएमसीमा उल्लेख छ ।

यता उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकल पनि काठमाडौं उपत्यकामा सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पूर्ण रूपमा हटाउने तयारी गरेको बताईएको छ । यस्तै बैठकले कोरोना संक्रमणको जोखिम घट्दै गएकाले अब स्मार्ट लकडाउनको प्रावधान पनि खुकुलो बनाउँदै सहजीकरण गर्ने गरी तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL