काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ११ जना संक्रमितको भने मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार देशभर ९ हजार २ सय ५१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ६ हजार ४ सउ ४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८३ र २ हजार ८ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ३ जना गरी १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।