काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेका अवस्थामा नेपाल प्रहरीका डिएसपीलाई पक्राउ गरेको छ । आयोगले नेपाल प्रहरीका ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरु ललितपुरको एउटा होटलमा कालोबजारीयासँग घुस लिइरहेका अवस्थामा गत राती पक्राउ परेका हुन् ।
कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत ललितपुरको एक होटलमा ३ लाख घुस लिइरहेका बेला अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । पक्राउपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।