Logo

मंसिर १९ बाट सि ई कन्स्ट्रक्सन नेपा कनएक्स्पो हुने

मंसिर १९ बाट सि ई कन्स्ट्रक्सन नेपा कनएक्स्पो हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ मंसिर, काठमाडौं ।
भृकुटिमण्डपमा मंसिर १९ गते देखि २३ गतेसम्म सि ई कन्स्ट्रक्सन नेपा कनएक्स्पो २०१४ हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ र नेपा एक्जिीविसन्स एण्ड ईक्यूपमेन्ट प्रा.लिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सो एक्स्पोको विषयमा जानकारी गराएको हो । प्रर्दशनीमा ६९ वटा स्टल राखिएको आयोजकले जनाएको छ । कनएक्स्पोमा भारतको ६ वटा र चीनबाट २ वटा कम्पनि सम्मेत आउने भएको छ । सो एक्स्पोको उद्घाटन मंसिर १९ गते विहान ११ बजे हुने छ । पाँच दिन सम्म चल्ने प्रर्दशनी विहान १० बजेदेखि ६ बजेसम्म हुने छ ।
सि ई कन्स्ट्रक्सन नेपा कनएक्स्पोमा ४० हजारले अवलोकन गर्ने र करिव १० करोडको कारोबार हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।
यसैगरी एक्सपोमा अवलोकनकर्ताहरुको लागि ईन्जिनियर्सहरु, आन्तरिक सजावट विज्ञहरु र वास्तु विज्ञहरुबाट परामर्श सम्मेत निशुल्क प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL