Logo

सुन प्रतितोला ९२,५०० मा कारोबार हुँदैं, यस्तो छ चाँदीको मूल्य

सुन प्रतितोला ९२,५०० मा कारोबार हुँदैं, यस्तो छ चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL