Logo

नेपाल लाईफले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस र नगदको अनुपात

नेपाल लाईफले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस र नगदको अनुपात



काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई लागि लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिले आर्थिक बर्ष २०७६÷७७ सम्मको संचित मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आफ्ना लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बोनस सेयर १४ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लभांश दिने कम्पनीले जानकारी दिएको छ ।

उक्त लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत गरे पश्चात कम्पनीको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL